भारतीय भजन सम्राट ८० वर्षीय नरेन्द्र चञ्चलको निधन
९ माघ, रौतहट ।
भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको ८० वर्षको उमेरमा नयाँदिल्लीको अपोलो अस्पतालमा निधन भएको छ । नरेन्द्र विगत तीन महिनादेखि अस्वस्थ थिए । बिरामी परेपछि उनको अस्पतालमा उपचार भइरहेको थियो ।
उनले स्वर दिएका कैयौं भजन प्रख्यात छन् । साथै उनले हिन्दी फिल्ममा समेत स्वर दिएका छन् ।
उनको लोकप्रियता शास्त्रीय संगीतसँगै लोक संगीतमा पनि थियो । उनले बाल्यकालदेखि नै आमा कैलाशवतीले मातारानीको भजन गाउँदै गरेको देखेका थिए । एजेन्सी