काठमाडौँमा आज प्रचण्ड–नेपाल पक्षको शक्ति प्रर्दशन

   ९ माघ २०७७, शुक्रबार ११:४९  

९ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–नेपाल पक्षले काठमाण्डौँमा शुक्रबार शक्ति प्रर्दशन गर्दैछ ।

आज काठमाडौँको विभिन्न स्थानमा संसद विघटनको विरोधमा प्रर्दशनमा प्रत्येक प्रदेश जिल्ला, एवं मोर्चा, संगठनहरुले विरोध प्रर्दशन एवं सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

उक्त निर्देशिकामा आज बिहान १०ः४५ बजे आफ्नो संगठनलाई छुट्याएको आर्कमा अनिवार्य भेला भइसक्नुपर्ने बताइएको छ ।
प्रचण्ड–नेपालको शक्ति प्रर्दशनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

ट्राफिकले अहिले उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको हो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन अनौपचारि रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले विरोद्ध प्रदर्शन गर्दैछन् ।