संसद विघटनविरुद्धको रिटमा आजपनि बहस हुँदै
द नेपाल मिडिया
८ माघ २०७७, बिहीबार १३:४६
८ माघ, रौतहट । संसद विघटनविरुद्ध परेको रिटमाथि आज पनि रिट निवेदकको तर्फबाटै बहस जारी छ ।
संवैधानिक इजलासमा भएको चौथो पनि बहस शुरु भएको हो ।
आजको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने तर्क गर्नुभयो ।
गत आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको चौथो दिन हिजो ६ जना अधिवक्ताले बहस गर्नुभएको थियो ।






