प्रचण्ड–नेपाल पक्षका सात कार्यकर्ता पक्राउ
८ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शार्म ओली पक्षको सप्तरीमा आज हुन लागेको कार्याक्रम बिथोल्न खोजेको भन्दै सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान मोटरसाइकल रैली र प्रशिक्षण कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले नेकपाका अर्काे प्रचण्ड–नेपाल समूहका सात कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल रैली र प्रशिक्षण कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।






