संसद् विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ सुरू

   ७ माघ २०७७, बुधबार १२:३८  

७ माघ, रौतहट । संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा बुधबार पनि बहस सुरू भएको छ ।

संवैधानिक इजलासमा आइतबारदेखि सुनुवाइ जारी छ । अहिले अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले बहस गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।