अध्यक्ष नेपालको भनाई; ओलीले प्रधानमन्त्री भइरहन खोजेको

   ५ माघ २०७७, सोमबार १५:४६  

५ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

आज अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौमा सम्बोधन गर्दै उनले ओलीले चुनाव गर्न खोजेर चुनावको मिति घोषणा नगरेको बताए । ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ अध्यक्ष नेपालको भनाई छ ।

उनले सिंगो देश एकातिर र ओली अर्कोतिर भएको भन्दै यस्तो बेला ओलीलाई मुख देखाउन नै कठिन भएको बताए । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ ।

त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, अध्यक्ष नेपालको भनाई छ ।