५ वर्षीया बालिका बलात्कृत, २८ वर्षीय आरोपी पक्राउ
५ माघ, रौतहट । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका अरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार गरेको अभियोगमा तिलोत्तमा १३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिए ।
यही माघ १ गते माघे सङ्क्रान्तिको दिन विकले तिलोत्तमा १५ बस्ने ५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले जनाएका छन् ।
बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाएको पनि प्रहरी प्रमुख पोखरेलले जनाए ।