आज काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैँ

   ५ माघ २०७७, सोमबार १०:५५  

५ माघ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैँ छ ।

गत पुस २७ गतेका लागि बोलाइएको बैठक आससम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि, पुस ७ गतेदेखि कांग्रेसले आन्दोलनका रणनीति बनाउँन केन्द्रीय समिति शुरु गरेको हो ।

यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र सम्पूर्ण स्थानीय तहमा सरकारको कदमको विरोध गरिसकेको छ ।

माघ ८ मा वडा तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ ।