राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे ओली
४ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच के के कुराकानी भएको भन्ने बाहिर आइसकेको छैन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाउँदै आएका छन् ।
संसद विघटनपछि सत्तारुढ दल नेकपामा समेत फुट आइसकेको छ ।