भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

   ३ माघ २०७७, शनिबार १२:४०  

३ माघ, रौतहट । हुम्लामा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

जिल्लाको चंखेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुंगा छल्न खोज्दा लडेर मृत्यु भएको हो ।

गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुंगा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगन्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।