भण्डारीलाई भेट्न शितलनिवास पुगे चिनियाँ राजदूत

   ३ माघ २०७७, शनिबार १२:०३  

३ माघ, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीलाई र चिनियाँ राजदूत होउ यान्छीबीच फेरि एकपटक भेटवार्ता भएको छ ।

उनी शुक्रवार साँझ शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

भेटमा नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको बुझिएको छ ।

पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता ह्वात्तै बढेको देखिन्छ जसले चिनियाँ हस्तक्षेप ठाडै भएको भान हुन थालेको छ ।

संसद पुनःस्थापना भए नेकपा मिल्ने सम्भावना भएको निक्र्यौल निकाल्दै सोही अनुसार चिनियाँ रणनीति बनेको बुझिएको छ ।