८७ वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

   ३ माघ २०७७, शनिबार १०:५५  

३ माघ, रौतहट । बझाङमा एक ८७ वर्षीया वृद्ध महिला बलात्कृत भएकी छन् ।

ती वृद्ध महिलालाई यही पुस २७ गते बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैलका एक २५ वर्षीय युवकले जबरजस्ती करणी गरेर फरार भएको थियो ।

बलात्कार गरेर फरार भएका तारा कामीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका युवकमाथि जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।