नेपाल र भारतबीचको एतिहासिक सम्बन्धलाई थप बल्यिो बनाउँने
द नेपाल मिडिया
२ माघ २०७७, शुक्रबार १५:०१
२ माघ, रौतहट । नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुक्रबार नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको छ ।
तीन दिने भ्रमणका लागि भारतमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका हुन् ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरेका छन् । संयुक्त आयोगको बैठक अघि मन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच हैदराबाद हाउसमै भेटवार्ता भएको थियो ।
भेटका क्रममा द्विपक्षीय हितका सम्बन्धमा कुराकानी भएको बताइएको छ । यसबाहेक दुवैपक्षबाट नेपाल र भारतबीचको एतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिवद्धता गरिएको छ ।