दिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

   १ माघ २०७७, बिहीबार १३:००  

१ माघ, रौतहट । शुक्रबार हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत प्रस्थान गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आज र भोलि हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन् ।

भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दैछन् ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको छ ।