आज दिउँसो ३ बजे प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक बस्दै

   १ माघ २०७७, बिहीबार ११:५३  

 

१ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-नेपाल नेतृत्वको स्थायी समिति बैठक आज बस्दै छ ।

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

तर, बैठकको एजेन्डाबारे केही जानकारी नगराइएको उनले जानकारी दिए ।

यही पुस ५ गते (आइतबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ ।