पूर्वी लद्दाखको नियन्त्रण रेखाबाट चीनले आफ्ना १० हजार सैनिक फिर्ता बोलाए
२८ पुस, रौतहट । चीनले पूर्वी लद्दाखमा नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ ।
चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको छ । चिनियाँ सेनाले यो इलाकामा आफ्ना जवानलाई तालिम दिने गर्दछ ।
यद्यपि, मोर्चामा उसका सैनिक अहिले पनि तैनाथ छन् । साथै त्यहाँ गत वर्ष मे मा भारत र चीनबीच भड्किएको तनावपछि तैनाथ गरिएको भारी बन्दोबस्त पनि यथावत् छ ।
खबरका अनुसार लगभग डेढ सय किलोमिटरको यो तालिम गर्ने इलाका एलएसीको भारतीय हिस्सासँग जोडिएको छ ।
भारतीय सेनाले पनि चिनियाँ गरेको बन्दोबस्तलाई मध्यनजर गर्दै भारी सामान र लगभग ५० हजार सैनिकलाई तैनाथ गरेको छ ।
एएनआई