कोरोनाका कारण कांग्रेस नेता तिमिल्सिनाको निधन

   २८ पुष २०७७, मंगलवार ११:०२  

२८ पुस, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको निधन भएको छ ।

उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो।

उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए ।