राष्ट्रियसभा सम्बोधन गर्दै ओलीले भने; अब देश आमनिर्वाचनतर्फ गइसकेको छ

   २६ पुष २०७७, आईतवार १४:०६  

२६ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले देश अब आमनिर्वाचनतर्फ होमिएको बताएका छन् ।

उनले सरकारलाई पाँच वर्षसम्म लैजान खोजिए पनि नसकिएको बताएका हुन् । समयभन्दा अलिक अगावै नयाँ जनादेशका लागि जनताबीचमा जाँदैछौँ, उनले भने, संसद विघटन भएको छ, अब देश आमनिर्वाचनतर्फ उन्मुख भएको ओलीले बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा काम गर्दै अगाडि जाने सोचे पनि नेकपाका केही नेताको बखेडाका कारण त्यो सम्भव नभएको बताए ।

नेपाली जनताले असाधारण विश्वासका साथ स्नेहपूर्वक हामीलाई जिम्मेवारी दिएका थिए । त्यस अभिभारालाई हामीले कर्तव्यनिष्ठका साथ काम गरेका थियाँ, उनले भने, सरकारलाई काम गर्न दिने वातावरण दिने वातावरण भएन ।