आइतबार दिउँसो १ बजे ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै
२६ पुष, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै छन् ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने तय भएको पुष्टि गरेका हुन्।
आजको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको हो ।
यही पुस ५ गते (आइतबार) नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि राष्ट्रियसभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ ।
प्रधानमन्त्रीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन । ओलीले सम्बोधन गर्दै गर्दा राष्ट्रियसभामै उनको विरोध हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।