ओली पक्षले आयोजन गरेको सभालाई सम्बोधन गर्न धनगढी जाँदै प्रधानमन्त्री

   २४ पुष २०७७, शुक्रबार १२:०६  

२४ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जादैँ छन् ।

ओली पक्षको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्न आज ओली धनगढी जान लागेका हुन् ।

नेकपा पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक राजधानी बाहिर जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।