नीतू कपुरको जन्मदिन मनाउन पुगे करन जोहर
असार २५, रौतहट । ८ जुलाईमा नीतू कपुरले आफ्नो ६२ औं जन्मदिन मनाइन् । यो मौकामा फिल्मी उद्योगका थुप्रैले उनलाई बधाई दिए । जन्मदिनको बेलुका नीतू कपुरले आफ्ना सन्तान रणबीर र रिद्धिमा कपूरसहित फिल्मी उद्योगका केही साथीहरुसँग बिताउने निश्चित गरिन् । यतिबेला करण जोहर पनि उनको घर पुगे ।
आफ्नो जन्मदिनको उपलक्षमा गरिएको भेटघाटको तस्बिर नीतूले सोसल मिडियामा सेयर गरिन् । उक्त भेटघाटमा रणबीर कपूर, रिद्धिमा कपुर, श्वेता बच्चनका छोरा अगस्त्या नन्दा, नीतूकी नन्द रीमा जैन र करण जोहरको उपस्थिती थियो । उनीहरु सबै निकै खुसी देखिन्छन् ।