संसद विघटनविरुद्ध आन्दोलन; २३ गते देशव्यापी रुपमा ओलीको पुत्ला जलाउने
२१ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षेले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
यही पुस ५ गते (आइतबार) प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमको आज बागबजारमा प्रत्रकर सम्मेलन गरी कडा विरोध गर्ने जनाएको हो ।
अनेरस्ववियले आजैबाट सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने जनाएको छ ।
९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ ।