ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु , दुई जना घाइते

   २० पुष २०७७, सोमबार १४:०९  

२० पुस, रौतहट । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।

ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका ४ बस्ने ४० वर्षीय जितबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सिगास गाउँपालिका ९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका ५ का ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।