नेपालको अध्यक्षतामा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैँ
द नेपाल मिडिया
२० पुष २०७७, सोमबार १३:३६
२० पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितिमा आज प्रचण्ड नेपाल पक्षको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी नै रहेको छ ।
आज बसेको बैठक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ । स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बैठक १२ बजेदेखि चलिरहेको जानकारी दिए ।
बैठकमा पार्टी एकताका बाँकी कामहरू सम्पन्न गर्ने विषयमा छलफल चलिरहेको उनले जनाएका छन् ।