बालुवाटारमा ओलीले बोलाए मन्त्रिपरिषद बैठक

   २० पुष २०७७, सोमबार १०:४२  

२० पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद बैठक बोलएका छन् ।

सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बजेतिर बैठक बस्ने भएको एक मन्त्रीले जनाएका हुन् ।

मन्त्रीले दिएका जानकारी अनुसार आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने छ ।