आज पनि ओली पक्षले कार्याकर्ता भेला गर्दै
द नेपाल मिडिया
१९ पुष २०७७, आईतवार ११:४९
१९ पुस, रौतहट । नेपाल कम्युसनष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कार्यकर्ता भेला सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री पक्षले आज कार्की ब्याङकेटरमा १२ बजेतिर कार्यक्रम सुरु गर्ने भएका हुन् ।
आइतबार आयोजित भेलामा प्रधानमन्त्री ओलीसहित नेकपाका शीर्ष नेताले पनि सम्बोधन गर्ने तयारी गरिएका छन् ।
संसद विघटनपछि ओलीको सक्रियता बढ्दै गएको छ ।
यसअघि ओलीले शनिबार काठमाडौँ जिल्लास्तरीय आफ्ना समूहका कार्यकर्तालाई सम्बोधन गरेका थिए ।