ओली पक्षले आज दिउँसो १ बजे काठमाडौंमा ‘बृहत कार्यकर्ता भेला’ गर्दै
द नेपाल मिडिया
१८ पुष २०७७, शनिबार ११:०८
१८ पुस, रौतहट । सत्तारुढ दल नेपापल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज काडमाडौँमा ‘बृहत कार्यकर्ता’ भेला गर्न लागेका छन् ।
ओली पक्षले आज दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो ।
भेलालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली पक्षले जनाएको छ ।