प्रचण्ड र वामदेव गौतमबीच भेतवार्ता
द नेपाल मिडिया
१७ पुष २०७७, शुक्रबार १२:५८
१७ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपाका नेता वामदेव गौतम खुमलटार पुगेका छन् । आज बिहान करिब ९ः३० बजेतिर गौतम खुमलटार पुगेका थिए ।
प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका स्रोतले जनाएको छ । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् ।
नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।