अबैध घरेलु मदिरा भट्टी नष्ट्ठ, भट्टी सञ्चालक फरार

   १७ पुष २०७७, शुक्रबार ११:१७  

१७ पुस, रौतहट । रौतहटको धमौरामा प्रहरीले शुक्रबार बिहान घरेलु भट्टी तथा अवैध मदिराजन्य पदार्थ नष्ट गरेको छ ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा बस्ने सन्तलाल चौधरीले आफ्नै घरमा सञ्चालन गरेको अवैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले भट्ठी चालु रहेकै अवस्थामा पुगी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले संञ्चान गरेको अवैध घरेलु मदिरा भट्ठीबाट मदिरा उत्पादन गर्ने मेसिन १ थान, मदिरा राख्ने प्लाष्टिकको ड्रम ६ थान, तयारी मदिरा २० लिटर र कच्चा पर्दाथ अन्दाजी ३ हजार लिटरसमेत प्रहरीले बरामद गरेको छ ।

फरार भएका भट्टी संञ्चालक चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।