राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा देउवाका आरोप; ओलीको कदम असंवैधानिक
१६ पुस, रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक रहेका बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यही पुस ५ गते संसद विघटन गरेर चुनावको घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम भएको बताउँदै त्यसकै विरुद्ध देशव्यापी प्रदर्शन गरिएको बताए ।