सीताको स्वास्थ्यबारे जानकारी लिन ओलीले गरे प्रचण्डलाई फोन
१६ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।
प्रचण्डलाई फोन गरेर ओलीले सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रचण्ड ओली पछिल्ला दिनमा एकअर्काविरुद्ध सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोप गरिरहेका छन् ।
ओली निकट रहेका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङका अनुसार प्रचण्डलाई फोन गरेर ओलीले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।
साथै आफू र महासचिव विष्णु पौडेललाई प्रतिनिधिका रुपमा अस्पताल पठाएका छन् ।