वनको अतिक्रमित जग्गा फिर्ता गराउने कर्मचारी सम्मानित

   १४ पुष २०७७, मंगलवार २०:००  

१४ पुस, रौतहट । रौतटह र सिरहा जिल्लामा अतिक्रमित वन क्षेत्रको जग्गा पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल सहित रास्ट्रसेवक कर्मचारीहरुलाइ सम्मान गरेका हुन ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको बताएका छन् । यस्ता भूमाफियालाई अविलम्ब कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

‘विभिन्न बहानामा वन अतिक्रमण भइरहेको छ,’ मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘यो कार्यलाई तत्काल रोक्न र अतिक्रमणमा संलगराजनीतिक संरक्षण प्राप्त हुकुमवासीहरु सुकुम्वासीको नाममा वन अतिक्रमण एवं फडानीमा संलग्न रहेको उनले बताए । ‘वनको रक्षा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्ति यसतर्फ गम्भीर बन्दै किन्तु परन्तु नगरी यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुस्’ उनले भने ।
बर्दीवासमा पछिल्लो समयमा भएको वन फँडानीबारे अविलम्ब छानविन गर्न उनले वन सचिवलाई निर्देशन दिए ।

पछिल्लो समयमा व्यक्तिको नाममा गइसकेको सिरहा चोहर्वाको तीन बिगाहा र रौतहटको गुजरा नगरपालिकाको १ सय २० बिघा जग्गा पुनः वनको नाममा आएको छ ।