देउवासंग भेटन् पुगे चिनियाँ कम्युनिस्ट पार्टीको टोली बुढानिलकण्ठमा
१४ पुस, रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटन चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल बुढानिलकण्ठमा पुगेका छन् ।
नेपाल भ्रमणमा आएका चिनियाँ टोली काँग्रेस सभापति देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिएका हुन् ।
आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरिसकेको छ ।
आज चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको हो ।






