काठमाडौंमा पुस १७ गते राप्रपाले जनप्रदर्शन गर्ने
१४ पुस, रौतहट । काठमाडौँमा राप्रपाले पुस १७ गते (शुक्रबार)जनप्रदर्शन गर्ने तयारी गरेको छ ।
देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएको पार्टीका नेता मोहन श्रेष्ठले बताएका हुन् ।
हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग राप्रपाले राख्दै आएको समेत उनले बताए ।
हालै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीले लिएका एजेन्डा लिएर आन्दोलन तथा प्रदर्शनमा जाने निर्णय गरेको उनले जनाएका छन् ।