रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा महिला पक्राउ
१३ पुस, रौतहट । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले रुकुम पश्चिमबाट एक महिलालाई पक्राउ गरेको छ ।
श्रीमानको हत्या अभियोगमा मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापाको हत्या गरेकी थिइन् ।
चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै आइतबार डल्ली आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएकी प्रहरीले जनाएको छ ।
डल्लीलाई नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






