प्रचण्ड-नेपाल पक्षको क्षेत्रीय भेला

   १२ पुष २०७७, आईतवार १२:२४  

१२ पुस, रौतहट । नेपाल कम्युनिट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-नेपाल समूहले काठमाडौंमा क्षेत्रीय भेला गरिरहेको छ ।

१४ गते देशव्यापी प्रदर्शनको कार्यक्रम रहेकाले जिल्ला भेला छिटै गरिएको केन्द्रीय सदस्य तथा जिल्ला सचिव हिमाल शर्माले जानकारी दिएका हुन् ।

आज ७ नम्बर क्षेत्रको भेला बालाजुमा भइरहेको शर्माले जानकारी दिए । त्यस्तै २ नम्बर क्षेत्रको साँखुमा, ३ नम्बरको जोरपाटीमा, ४ नम्बर क्षेत्रको गौशालामा, छ र क्षेत्र नम्बर, ८, १० मा पनि आजै भेला हुँदै छ ।

५ र ९ नम्बर क्षेत्रको भेला भने हिजै सम्पन्न भइसकेको शर्माले जानकारी दिए । प्रचण्ड-नेपाल समूहले आज जिल्ला भेलाहरु गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

सो समूहले सडक संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।