ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु

   ९ पुष २०७७, बिहीबार १४:१२  

९ पुस, रौतहट । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएको ओलीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका हुन् ।

उनी यसअघिको कुनै पनि पक्षको बैठकमा अनुपस्थित थिए । बादल ११ बजे नै बालुवाटार पुगेको र ओलीसँग छुट्टै छलफलपछि उनी बैठकमा बस्न तयार भएका उनको सचिवालयले जानकारी दियो ।