सानेपामा आज पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैँ

   ९ पुष २०७७, बिहीबार १३:२७  

९ पुस, रौतहट । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा आज पनि बस्दै छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बारेमा बैठकमा आधिकारिक धारणा तय गर्ने बताइएको हो ।

यद्यपि कांग्रेसको यस अघिको पदाधिकारी बैठकले प्रतिनिधिसभा बिघटनको कदमलाई असंवैधानिक भनिसकेको छ ।

मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा कतिपय केन्द्रीय सदस्यले प्रतिनिधि सभा बिघटनलाई असम्बैधानिक कदम भनेका छन्, भने कतिपयले निर्वाचनमा जानु पर्ने बताएका छन ।