दाहालसँग भेटन् खुमलटार पुगे चिनिया राजदूत
द नेपाल मिडिया
९ पुष २०७७, बिहीबार १२:२०
९ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनिया राजदूत होउ यान्छीले भेटघाट गरेकी छन् ।
आज बिहान ९ बजे दाहाललाई भेट्न यान्छी खुमलटार पुगेकी थिइन् ।
दाहालको सचिवालयका अनुसार चिनियाँ राजदूत यान्छी र दाहालबीच करीब आधा घण्टा कुराकानी भएको थियो ।
उनले दाहालसँग विकसित नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गरेकी थिइन् ।