संसद भवनमा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु
८ पुस, रौतहट । बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने बताइएको हो । यसअघि एकीकृत नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थिए ।
मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो ।
नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।