बलुवाटारमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच भेटवार्ता

   ८ पुष २०७७, बुधबार १३:४१  

८ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर ‘बादल’ बीच सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न बादल सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरूबीच करिब १ घण्टा छलफल भएको स्रोतले जानकारी दिए ।

नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।