चिनियाँ राजदूत र राष्ट्रपतिसँगको भेटवार्ता

   ८ पुष २०७७, बुधबार ११:५२  

८ पुस, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।

संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले राष्ट्रपतिसँग भेट गरेकी हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।