आज सातै प्रदेशमा प्रधानमन्त्री पक्षको प्रशिक्षण
८ पुस , रौतहट । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ ।
२०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली पक्षले बुधबार सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।
ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूचीमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझीको नाम गण्डकी र बागमती प्रदेश दुवैमा छ । यसैगरी मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ ।
केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार निम्न प्रदेशमा निम्न नेताहरुलाई खटाइएको छ;
१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे ।