आज थप ७२२ जनामा कोरोना पुष्टि, ९६६ जना संक्रमणमुक्त
७ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार जनाको पीसीआर परीक्षण गर्दा ३ सय १० महिला र ४ सय १२ जना पुरुष गरी थप ७ सय २२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ७ हजार ७ सय २९ रहेको छ ।
यस्तै, बितेको २४ घण्टामा थप ९ सय ६६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने आजसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ९८ पुगेको छ ।






