प्रचण्ड-नेपाल पक्षमा श्रीमान; तर श्रीमती ओलीतिर

   ७ पुष २०७७, मंगलवार १५:४१  

७ पुस, रौतहट । आइतबार गरिएको संसद विघटनपछि नेकपामा दुई पक्षले अ(आफ्नो समूहको केन्द्रीय कमिटी बैठक गरिरहेका छन् ।

आज बिहान सरकारी निवास बालुवाटारमा ओली पक्षले केन्द्रीय समितीको बैठकमा विभिन्न निर्णयहरु गर्नु भएको हो ।

शीर्ष नेताहरु आफू निकटका नेताहरुलाई आफ्नो पक्षमा पार्ने दौडधुपमा छन्, भने नेताहरुपनि आफ्नो कित्ता प्रष्ट पार्दै कोही ओली त कोही प्रचण्ड(नेपाल पक्षको बैठकमका सहभागी भएका छन् ।

तर, राजनीतिक कित्ता विभाजित हुँदा नेता रघुबीर महासेठको श्रीमान र श्रीमतीको पनि कित्ता विभाजित भएको छ ।

जसमा बिगत लामो समयअघिबाट प्रधानमन्त्री ओलीको विस्वास पात्रका रुपमा रहेका रघुबीर महासेठ प्रचण्ड नेपाल पक्षमा लागेका छन्, भने उनकी श्रीमति जुली महतो ओली पक्षमा लागेकी छन् ।

रघुवीर महासेठ र जुली महतो दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् ।