प्रचण्ड–नेपाल समूहको बैठक बबरमहलमा सुरु; नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

   ७ पुष २०७७, मंगलवार १४:०९  

७ पुस, रौतहट । काठमाडौँको बबरमहलमा प्रचण्ड–नेपाल पक्षको बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव स्थायी कमिटी बैठकलगत्तै सुरु भएको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।