दुई दिनभित्र सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने; प्रधानमन्त्री ओली

   ७ पुष २०७७, मंगलवार १३:५९  

७ पुस, रौतहट । सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सातै प्रदेशमा कार्यकर्ता भेला गर्नै भएको छ ।

मंगलबार बसेको बैठकमा ओली पक्षले दुई दिनभित्रै सतै प्रदेशमा भेला गर्ने निर्णय गरेको हो । भेलाका लागि सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ । त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ । गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् ।

बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने आजको ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकले गरेको छ ।