प्रधानमन्त्री पक्षको निर्णय; नेकपा महाधिवेशन २०७८ मंसिर २ गते गर्ने

   ७ पुष २०७७, मंगलवार १३:३६  

७ पुस, रौतहट । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षले नेकपाको महाधिवेशन आगामी वर्ष २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय समिति बैठकमार्फत ओलीले महाधिवेशनको नयाँ मितिको घोषणा गरेका हुन् ।

एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने निर्णय भएको थियो । तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो । साथै ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाएको छ ।

नयाँ समिति सदस्यलाई आजै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बालुवाटारमा सपथ ग्रहण गराएका छन् । ओली पक्षीय नेकपा केन्द्रीय समितिको बैठक पुस ९ गते दिउँसो १ बस्ने समेत निर्णय भएको छ ।