प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा हरिबोल जाने
७ पुस, रौतहट । सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हरिबोल गजुरेल नजाने भएका छन् ।
‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेका हौं । त्यो सफल भएन । त्यसको विरोध जनाउन हिजो कतै नगएको हुँ’, गजुरेलले बताए ।
तर, आज कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने उनले जनाएका हुन् ।