आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक अझै सुरु भएन्

   ७ पुष २०७७, मंगलवार ११:१०  

७ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज बिहान ९ बजेका लागि बोलाइएको बैठक आझै सुरु हुन सकेको छैन् ।

सरकारी निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको बैठक १०ः३० बजेसम्म शुरु नभएको स्रोतले जनाएको छ ।
अहिले बालुवाटारमा ओली पक्षीय नेताहरु पुग्ने क्रम जारी रहेको छ ।

यसैबीच ओली पक्षले बोलाएको बैठकमा पूर्वमाओवादी निकट टोपबहादुर रायमाझी र मणि थापा पनि बालुवाटार पुगेको स्रोतले जानकारी दिए ।

उनीहरु नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह छाडेर ओलीतिर लागेका हुन् ।